त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु

समाचार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दुर्घटनामा १५ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
जिवितै उद्दार गरिएको चारमध्ये तीन जनालाई त्रिवि शिक्षण अस्पताल र एकजनाको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा जाने क्रममा जहाज दुर्घटना भएको थियो ।
मर्मतको लागि पोखरा जान लागेको जहाजमा सबै सौर्य एयरलाइन्सका कर्मचारी थिए । शवहरूलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट