`

सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु

Nepal One HD ९ साउन २०८१ १३:१३
प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेको सिनामंलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको हो ।

यसअघि प्रहरी प्रधान कार्यालयले १५ जनाको मृत्यु भएको र घाइते चारमध्ये तीन जनाको त्रिवि शिक्षण अस्पताल र एकजनाको केएमसी अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो ।

जहाजका क्याप्टेन मनिष शाक्यको केएमसीमा उपचार भइरहेको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाने क्रममा जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो ।


प्रतिक्रिया