`

उत्तरी गोरखामा पहिरोमा बेपत्ता पाँच जना अझै भेटिएनन्

Nepal One HD १३ साउन २०८१ २१:५४
प्रमुख खबर

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् । गएराति भीषण पहिरोमा बेपत्ता भएकाहको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ, उनले भने, ‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’

पहिरोले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनले बताए । पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।


प्रतिक्रिया