`

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

Nepal One HD १४ साउन २०८१ ८:५५
प्रमुख खबर

काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउन महिना भगवान शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ ।

उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।


प्रतिक्रिया