`

स्कुल बस दुर्घटना हुँदा पोखरामा २२ विद्यार्थी घाइते

Nepal One HD १४ साउन २०८१ १०:२६
समाचार

पोखरा । पोखराको फुसेखोलामा सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । पोखरा १७ बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट करिब ४० मिटर तल खसेको हो ।

बसमा २४ जना विद्यार्थी, चालक र सहचालक थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।


प्रतिक्रिया