`

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टका हत्या आरोपी १७ वर्षपछि पक्राउ

Nepal One HD १६ साउन २०८१ १५:०४
अपराध

काठमाडौं । प्रहरीले काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–३२ का ३९ वर्षका रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट १५ साउनमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । खड्का र लोकन्थली बस्ने राजीव पाण्डेसहितको समूहले रड र इट्टा प्रहार गरी विष्टलाई घाइते बनाएका थिए । उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।


प्रतिक्रिया