`

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Nepal One HD १६ साउन २०८१ २२:२६
अर्थ समाचार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि बिहीबारदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ ।


प्रतिक्रिया