`

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

Nepal One HD १७ साउन २०८१ १२:०७
अर्थ समाचार

धरान । कोशी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष ०८०/८१ मा ४० लाख १४ हजार ७९४ रुपैयाँ राजस्व संकलन गरेको छ। आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जंगल सफारी, पर्या–पर्यटक, वनपैदावर, जंगल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार ७९४ रुपैयाँ राजस्व संकलन भएको हो ।

सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव ०७९/८० मा कार्यालयले ३९ लाख ९४ हजार ४०८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन्। आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका पर्यटकले रु. ७५० र अन्य देशका आगन्तुकले एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ ।

आरक्षको प्रचाप्रसार गर्न सके अझ धेरै पर्यटक कोशी टप्पु आउने होटेल व्यवसायी महासंघ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए। विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।


प्रतिक्रिया