`

बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित

Nepal One HD १७ साउन २०८१ १३:५२
अर्थ समाचार

काठमाडौँ । विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहमति कार्यान्यन नभएको भन्दै उनीहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् ।

उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो । तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया