`

अदालतमा बयान फेरेको आरोपमा अख्तियारद्वारा दुई साक्षीविरुद्ध मुद्दा दर्ता

Nepal One HD १८ साउन २०८१ १५:१३
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले घुस लेनदेनसम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । अख्तियारले यसअघि विशेष अदालतमा दर्ता घुस लेनदेनसम्बन्धी एक मुद्दामा उनीहरूलाई सरकारी साक्षीको रूपमा प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया