`

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा गुरुङ र कार्की नियुक्त

Nepal One HD २० साउन २०८१ १८:२९
अर्थ समाचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् । प्राधिकरणका सञ्चालक समितिका सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेपछि उनीहरु नियुक्त भएका हुन् ।

बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै उनीहरुको सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखका थिए । सोही आधारमा उनीहरुलाई मन्त्रालयले यसअघि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनीहरुको जवाफ चित्त नबुझेसँगै मन्त्रालयले पदमुक्त गरेको थियो ।


प्रतिक्रिया