सुनको मूल्य तोलाको एक लाख ५० हजार

अर्थ समाचार

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको