संसदीय समितिले अब समस्याग्रस्त सहकारीका संचालकहरुसँग सोधपुछ गर्ने


काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ ।
सोमबार बसेको समितिको २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य थापाले जानकारी दिए । उनले अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्ने बताए ।
उनले सचिवालयबाट प्रतिवेदनको विषयवस्तुसहितको आउटलाइन बैठककमा प्रस्तुत भएको र त्यसमा सांसदहरुले आफ्नो धारणा राखेको पनि जानकारी दिए ।
उनका अनुसार बैठकले सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै अघि बढाउने र त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने, सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने भन्नेबारे पनि छलफल भएको छ ।