झापामा चोरीमा संलग्न तीनजना भरुवा बन्दुकसहित पक्राउ

अपराध

झापा । प्रहरीले झापामा चोरीमा संलग्न तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुले गत शुक्रबार राति १० अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको प्रहरीको आरोप छ ।
चोरी गरी फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले घरमा लुकाएर रोखेको एकथान भरुवा बन्दुक र खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट