`

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Nepal One HD ३१ साउन २०८१ १५:५८
समाचार

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ । ट्रकले घिसारेपछि स्कुटर चालक महिलाको मृत्यु भएको छ ।

महिलाको पहिचान खुलिसकेको छैन । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । अहिले त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।


प्रतिक्रिया