`

यस्तो छ गट्ठाघरमा भएको दुर्घटनाको सिसीटिभी फुटेज

Nepal One HD ३२ साउन २०८१ १३:३३
प्रमुख खबर

काठमाडौं । ट्रकले ठक्कर दिँदा बिहीबार भक्तपुरको गट्ठाघरमा दुर्घटना भएको सीसीटीभी फुटेजमा देखिएको छ । सीसीटीभी फुटेजमा ट्रकले अघि जाँदै गरेको स्कुटरलाई लछार्दै लगेको देखिएको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरीले जाँच गरिरहेको स्थानमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा आइरहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो । ट्रकले ओखलढुंगाका उत्तम कोइरालाले चलाइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

सुरुमा प्रहरीले दुर्घटनामा महिलाको मृत्यु भएको जनाएको थियो । तर, पछि दुर्घटनामा मृत्यु भएका महिला नभएर पुरुष रहेको प्रहरीले पुष्टि गरेको थियो ।


प्रतिक्रिया