`

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

Nepal One HD ३ भदौ २०८१ १५:४२
अर्थ समाचार

काठमाडौँ । भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पठाएको १२ वटा जलविद्युत आयोजनाबाट बिजुली लिन भारतले स्वीकृति दिएको हो ।

नेपालले पहिलो पटक मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिहारमा विद्युत् निर्यात गर्ने भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तरदेशीय व्यापार हेतु भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको छ ।’

अब नेपालको २८ वटा परियोजनाबाट ९४१ मेगावाट बिजुली भारत जानेछ । यसअघि विद्युत बिक्रीका लागि ६९० मेगावाट मात्रै स्वीकृत हुँदा गतवर्ष नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो ।


प्रतिक्रिया