एक किलो ८८ ग्राम कोकिनसहित विदेशी नागरिक पक्राउ

अपराध

काठमाडौं । प्रहरीले एक किलो ८८ ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ परेका छन् । प्रहरीले आइभरीकोस्टका नागरिक ३५ वर्षीय वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिनसहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
इथियोपियाबाट कतार एयरमार्फत् काठमाडौं आएका उनलाई प्रहरीले ठमेलको ज्याठास्थित एक होटलबाट पक्राउ गरेको हो ।
ब्युरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले उनले कोकिन खेलाउनामा लुकाएर राखेको अवस्थामा बरामद गरेको जानकारी दिए । यसको बजार मूल्य ३ करोड ८० लाख रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट