विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः प्रभु साह
राजनीति
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।
बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उनले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने बताए ।
बाढीपहिरोबाट लाखौँ जनताका अर्बौं मूल्य बराबरको क्षति भएको उल्लेख गर्दै साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको बताए । दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्याउन पनि उनले अपील गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
