`

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अमेरिकाको फन्डिङ ! (भिडियो)

Nepal One HD १० चैत २०८२ १७:५०
बिशेष

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाको प्रभावमा स्थापना भएको आरोप लगाएका छन्।

उनले रास्वपा अमेरिकाको फन्डिङ र प्रभावमा बनेको दाबी गर्दै पार्टीका गतिविधिहरूमा स्पष्ट वैचारिक धार देखिन नसकेको टिप्पणी गरे। ‘रास्वपाका गतिविधि हेर्दा एमसीसी होस् वा परराष्ट्र नीति, कुनै पनि विषयमा स्पष्ट दृष्टिकोण देखिँदैन,’ उनले भने।

भट्टले अमेरिकाले नेपालमा आफ्ना स्वार्थ पूरा गर्न नयाँ राजनीतिक विकल्प खोजिरहेको दाबी पनि गरे। उनका अनुसार  नेपाली कांग्रेस, एमाले र नेकपा बाट पूर्ण रूपमा आफ्ना उद्देश्य पूरा नहुने ठानेर अमेरिकाले नयाँ शक्ति निर्माणमा भूमिका खेलेको हो।

यद्यपि, उनले ती पुराना दलहरू पनि अमेरिकी प्रभावभन्दा बाहिर नरहेको बताए। ‘ती दलहरूले एमसीसी पारित गरे, सुरुमा एसपीपी स्वीकार गरे र पछि अस्वीकार गरे,’ उनले भने, ‘यसले उनीहरू अमेरिकाको नीतिबाट पूर्ण रूपमा अलग छैनन् भन्ने देखाउँछ।’

भट्टले कांग्रेस, एमाले र माओवादी तीनै दल एक चीन नीतिको पक्षमा रहे पनि अमेरिकासँगको सम्बन्धमा सन्तुलन खोज्ने प्रयासमा रहेको टिप्पणी गरे। ‘ती दलहरू अमेरिकाले भनेका कुरा मान्छन्, तर एक चीन नीतिविरुद्ध जान चाहँदैनन्,’ उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *