`

स्वास्थ्य चौकी उद्घाटनको विषयमा विवाद हुँदा बारामा प्रहरीको गोली लागेर एक युवक घाइते

Nepal One HD १५ कार्तिक २०८३ १२:५२
जीवनशैली/स्वास्थ्य

काठमाडाै‌‌‌‌ । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्।

शनिबार बिहान गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीसहितको टोलीले स्वास्थ्य चौकी उद्घाटन गर्न खोज्दा विपक्षी समूहले अवरोध गरेपछि विवाद सुरु भएको थियो। फेटा गाउँपालिक-३ स्थित स्वास्थ्य चौकी उद्घाटन गर्ने क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै दुई पक्षबीच विवाद भएको हो।

विवाद बढ्दै गएर झडप हुन थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। त्यसपछि भीडबाट प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको हो। घटनामा एक युवक घाइते भएका छन्। गोली लागेर घाइते भएका युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साथै, घाइते युवकको पहिचान खुल्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *