सर्वदलीय बैठक सिंहदरबारमा जारी, बैठकमा ६ दल सहभागी
बिशेष
काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेकाे छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने छ राजनीतिक दलका प्रतिनिधिहरु बैठकमा सहभागी छन् ।
निर्वाचन आयाेगले समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएकाे प्रमाणपत्र दिएकाे र आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउन लागेकाे बेला सर्वदलीय बैठक बसेकाे हाे ।
संसदका प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा शपथकाे मिति सार्वजनिक गर्नेबारे छलफल भइरहेकाे बताए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्त्र पार्टीका प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
