नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि सुरु हुँदै, वडा र पालिका अधिवेशनको मिति पनि तय
बिशेष
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। प्रवक्ता प्रकाश ज्वालाका अनुसार शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गरिनेछ।
अभियानमार्फत पार्टी संगठन विस्तार, सरकारका कामकारबाहीमाथि खबरदारी र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी गरिनेछ। नेकपाले पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टी संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्याउने तथा प्रवासी नेपालीका मुद्दालाई प्राथमिकता दिने नेकपाले जनाएको छ। साथै, ग्रेजोनको रिपोर्टबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पनि माग गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
