`

विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं’

Nepal One HD १९ असोज २०८१ १०:३०
अन्तर्वार्ता/बिचार

डा. बाबुराम भट्टराई
नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशक यता मात्रै आइपरेका विनाशकारी भूकम्प, कोभिड, बाढीपहिरो, हवाइ/सडक दुर्घटनाको बेला छताछुल्ल भैसकेका छन् । देशको अति विविधतायुक्त भूगोल/हावापानी,मनपरी प्राकृतिक सम्पदाको दोहन, निर्माण कार्य र शहरीकरण, तीव्र गतिको पर्यावरण विनाश आदिले आगामी दिनमा प्राकृतिक विपत्ति अरू थपिने निश्चित छ।

छेपारोको आहान झैं प्रत्येक पटक भन्ने एउटा गर्ने अर्को अनि रुने कराउने, आरोपप्रत्यारोप गर्ने, क्षणिक स्टन्टवाजी गर्ने, विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं । अहिलेको गृहमन्त्रालय अन्तर्गत रहेको कमजोर र वेवारिसे विपद् व्यवस्थापन संयन्त्रलाई राज्यको प्रमुख कार्यकारी अन्तर्गत बलियो,अधिकारसम्पन्न, साधनश्रोतयुक्त, स्वायत्त/स्वचालित संयन्त्रमा रूपान्तरण गरेर संघ,प्रदेश र स्थानीय तहसम्म व्यवस्थित गरौं!

विपत्ति आउने बित्तिकै तत्काल उद्धार,राहत,पुनर्स्थापना, पुनर्निर्माण स्वचालित ढंगले अघि बढ्ने संस्था र संस्कार विकास गरौं । तत्काल ठूला चाडपर्वको मुखमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय तहहरूसंगको संयोजनमा बाढीपहिरो पीडितहरूलाई अस्थायी आवास, खाद्यान्न,लत्ताकपडालगायतको व्यवस्था र जरूरी सडकमार्गहरू खोल्ने कार्य गरौं ।


प्रतिक्रिया