`

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ

Nepal One HD २ कार्तिक २०८१ ११:४८
अर्थ समाचार

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य शुक्रबारको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । 


महासङ्घका अनसार सुनको मूल्य शुक्रबार प्रतितोला  दुई हजार रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि भने  एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 


यस्तै, चाँदीको मूल्य तोलामा  ३०  रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला  एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने  एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया