रवि लामिछाने पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । लामिछानेलाई पक्राउ गरेको भन्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘८८ अर्ब फिर्ता गर’ भन्दै सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने सहकारीको पैसा गोर्खा मिडियामा लगेर अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् ।
उनीहरुले यसअघि पोखरामा प्रदर्शन गर्दै आएका थिए । लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा पनि जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट