सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो ।
सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले २ विकेट लिए ।
लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । एनपीएलमा आजै दिउँसो दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट