लुम्बिनीलाई पराजित गर्दै एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । आज अर्को खेलमा विराटनगर किंङ्स र कर्णाली याक्स भिड्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट