प्रहरी हिरासतभित्रको रविको तस्बिर खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

अपराध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
प्रहरीले भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने जानकारी दिए ।
यसअघि भुसालले लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटिभीमा खिचेको स्वीकार गरेका थिए। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै सिसिटिभीमा देखेपछि आफूले तस्बिर खिचेको भुसालले बताएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट