`

सशस्त्र प्रहरीद्वारा सुनसरीको वराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद

Nepal One HD ८ पुष २०८१ ८:२९
अपराध

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको वराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार सुरक्षा वेश चतराको टोलीले पटनाली खोला बगर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

रातिको समयमा पटनाली खोलाको बगर हुँदै चतरा–धरान सडकतर्फ झोलामा नाम्लो लगाई बोकी ल्याउँदै गरिएको अवस्थामा मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको नम्बर ४ गण हेड क्वाटरले जनाएको छ ।


प्रतिक्रिया