`

धरानका लागि खानेपानी माग्न हर्क साम्पाङ्ग सिंहदरबारमा

Nepal One HD ८ माघ २०८१ १२:२३
प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगेका छन् । रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेका साम्पाङलाई प्रहरीले गाग्री भने नियन्त्रणमा लिएको थियो ।

धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै उनी धरानबाटै रित्तो गाग्री लिएर काठमाडौँ आएका छन्। । खानेपानी मन्त्रालयमा पुगेर मन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराउने उनको योजना रहेको छ। यसअघि सोमबार पनि उनले रित्तो गाग्री लिएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया