सुनचाँदीको मूल्यमा सामान्य गिरावट

अर्थ समाचार

काठमाडौँ । मंगलबार सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ ।
आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट