`

सुन तोलामा २३ सय र चाँदीको ३० रुपैयाँले बढ्यो मूल्य

Nepal One HD १८ माघ २०८१ १०:५३
अर्थ समाचार

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया