`

माओवादी प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर

Nepal One HD २१ माघ २०८१ १६:३९
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले दुईवटा नेताहरुको कार्यविभाजन गरेको हो ।

मधेश प्रदेशको जिम्मेवारी उपमहासचिव मातृकाप्रसाद यादवलाई र विशेष प्रदेशमा भने स्थायी समिति सदस्य जयपुरी घर्तीलाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै कोशीमा हरिबोल गजुरेल, बागमतीमा हितमान शाक्य, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।

त्यस्तै सचिव लिलामणि पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको भने प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया