`

गृहमन्त्रीद्वारा केबलकार निर्माणमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल

Nepal One HD २२ माघ २०८१ ११:०५
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल गरेका छन् ।

केबलकार निर्माणबारे देखिएका विवादबारे गृहमन्त्रीले मंगलबार बिहान जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री लेखकले विवाद देखिनुको कारण र समाधानका उपायबारे नेताहरूसँग जिज्ञासा राखेका थिए ।

जिल्ला सभापतिहरूले संवादबाटे समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा सरकारले आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ ।

सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएको उनले बताए ।

गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा झडप भएपछि आन्दोलन उग्र बनेको थियो ।


प्रतिक्रिया