`

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर हुने

Nepal One HD १९ फागुन २०८१ ८:४६
प्रमुख खबर

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि युरोप पुगेका राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौताका लागि तयार रहेको बताएका हुन् ।

जेलेन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग पनि कुराकानी गरेका थिए भने बेलायती राजा चाल्र्स तृतीयसँग पनि भेट गरेका थिए । भेटपछि जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका हुन् । यसलाई उनले युक्रेनको सुरक्षाको ग्यारेन्टीको दिशाको पहिलो कदमका रूपमा अथ्र्याएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हामी खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौँ । यो सुरक्षाको ग्यारेन्टीको दिशामा पहिलो कदम हुनेछ ।’

लन्डनमा युरोपेली नेताहरूको शिखर सम्मेलनमा युक्रेनको पक्षमा समर्थनपछि जेलेन्स्कीको यो प्रतिक्रिया आएको हो । यो शिखर सम्मेलन युक्रेनको भविष्य तथा युरोपसँग उसको सम्बन्धमा केन्द्रित थियो । युरोपले युक्रेनलाई समर्थन गरेकोमा उनले धन्यवाद पनि दिएका छन् ।


प्रतिक्रिया