`

आफ्ना सांसदहरूलाई बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेको ह्विप

Nepal One HD २० फागुन २०८१ १६:१३
प्रमुख खबर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूका ह्विप जारी गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश पठाएर बुधबारको संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् । सन्देशमा भनिएको छ, ‘फागुन २१ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’

त्यसैगरी अर्को सत्तारूढ नेकपा एमालेले पनि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सन्देशमा अनिवार्य सबै सांसदहरूलाई उपस्थित हुन भनिएको छ । सरकारले जारी गरेका ६ वटा अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने नदेखेपछि अहिलेसम्म पेश गर्न सकेको छैन । जसपा नेपाल र लोसपासँग छलफलपछि बुधबारको सदनमा भूमिसम्बन्धी अध्यादेशबाहेक ५ वटा पेश गर्ने सरकारको तयारी छ ।


प्रतिक्रिया