`

एसइई : चार निरीक्षक निष्कासित

Nepal One HD ९ चैत २०८१ ७:०२
शिक्षा

इनरुवा (सुनसरी – माध्यमिक शिक्षा परीक्षा (एसइई)को दोस्रो दिन सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालय र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती माध्यमिक विद्यालयबाट दुई÷दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । प्रजिअ मिश्रको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको उहाँले जानकारी दिनुभयो ।

दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले जानकारी दिनुभयो । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक ‘सकुर्लर’ गरिएको प्रजिअ मिश्रले बताउनुभयो ।

सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया