सुनको मूल्य घट्यो

अर्थ समाचार

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आइतबार ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया