`

प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

Nepal One HD ११ चैत २०८१ ९:०७
प्रमुख खबर

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल हुन लागेको हो । अपरान्ह ४ बजे सिंहदरबारमा तीन नेताबीच बैठक हुने भएको हो ।

बैठकमा राजावादीहरुको गतिविधि, संक्रमणकालीन न्याय (टीआरसी) लगायतका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियानमा छन् । उनी आजै काठमाडौं आउने बताइएको छ ।


प्रतिक्रिया