स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त

जीवनशैली/स्वास्थ्य

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य बहादुर थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
थापालाई मंगलबार (आज) मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट