`

सुनचाँदीको मूल्य घट्यो

Nepal One HD २२ चैत २०८१ १२:४०
अर्थ समाचार

काठमाडौँ । सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य बिहीबार तोलामा तीन हजार नौ सय घटेको हो ।

आज प्रतितोला एक लाख ७६ हजार चार सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ७० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया