न्यायालयको फैसलाविरूद्ध रूवाबासी नगर्न रास्वपालाई सांसद थापाको सुझाव


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत थापाले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका हुन् । उनले यो तपार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन भएको बताएका छन् ।
उनले भनेका छन्, ‘सहकारी ठगी – संसदीय छानविन गर्ने आफ्नै घोषणा ! समितिद्वारा कारबाहीको सिफारिस – क्लिन चिट पाएँ ! पाँच सहकारीमा अनुसन्धान/अभियोजन– प्रतिशोध साँधियो ! २ करोड ७५ लाख धरौट– न्याय जीवितै छ,धरौट बढी भयो ! धरौट खारेजीको माग– स्वयं उच्च अदालतमा निवेदन दर्ता ! पुर्पक्षमा थुनामा पठाउने आदेश– बेडरूममा पुगेर अन्तिम इच्छा सोध्ने ? अति भयो ! नयाँपार्टीमाथि ज्यादती भयो ! यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात÷ विश्वासघात हो। न्यायालयको फैसलाविरूद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किन ? हरेक व्यक्तिलेआफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ ।’