`

उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा खड्का निर्वाचित

Nepal One HD २६ चैत २०८१ ११:२७
अर्थ समाचार

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन लागि सोमबार भएको उम्मेदवारी दर्तामा खड्काको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस निकट व्यवसायीहरुको बाहुल्यता रहेको सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई समूहहरुको प्रतिष्पर्धा हुने गर्दथ्यो । सुर्खेतमा व्यवसायीहरु पार्टीका उपसभापति पूर्णबहादुर खड्का र पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीको समूह बनाएर चुनावमा होमिने गरिरहेका थिए ।

अध्यक्षका लागि थानी निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । वैशाख ६ गते निर्वाचन हुने कार्यतालिका रहेको भएपनि सबै पदमा निर्विरोध गराउने अभ्यास भइरहेको कँडेलले बताए ।


प्रतिक्रिया