`

सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

Nepal One HD २ वैशाख २०८२ १६:२७
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको प्रतिवेदन माग गरेको हो । उच्च अदालत तुलसीपुर बुटवलले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसपछि जोशीले चैत ३१ गते बेरितको आदेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुंगानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो ।


प्रतिक्रिया