`

कवाड संकलकलाई लछारपछार गर्ने नगरप्रहरी बर्खास्त

Nepal One HD ३ वैशाख २०८२ १६:१६
प्रमुख खबर

काठमाडौं । कवाडी संकलकलाई लछारपछारमा संलग्न नगर प्रहरीलाई काठमाडौं महानगरपालिकाले बर्खास्त गरेको छ ।

बुधबार बिहान साइकल लिएर हिँडिरहेका एकजना कवाडी संकलकलाई नगर प्रहरीले लछारपछार गरेको दृष्य सामाजिक संजालमा देखिएको थियो । नगर प्रहरीको व्यवहार देखेर सर्वत्र आलोचना भएको थियो ।

त्यसपछि महानगरले घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ । काठमाडौं महानगरपालिका–४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैरव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।


प्रतिक्रिया