`

प्रमुख निर्वाचन आयुक्त थपलियाको कार्यकाल पूरा

Nepal One HD ५ वैशाख २०८२ २०:१०
प्रमुख खबर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षे कार्यकाल पूरा गरेका थपलियालाई शुक्रबार आयोगमा एक कार्यक्रम आयोजना गरी बिदाइ गरेका छन् । थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए ।

उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए । थपलियाको कार्यकालमा निर्वाचन आयोगले दल विभाजनसम्बन्धी विवादहरुको सामना गर्नुपरेको थियो ।


प्रतिक्रिया