`

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता रिहा

Nepal One HD ७ वैशाख २०८२ १८:१७
प्रमुख खबर

काठमाडौं । आइतबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीको नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको छ ।

प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, उपाध्यक्ष बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पक्राउ परेका थिए ।

उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।


प्रतिक्रिया