`

धनगढीबाट बझाङतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

Nepal One HD १० वैशाख २०८२ ८:१०
प्रमुख खबर

दिपायल (डोटी), १० वैशाखः भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।


प्रतिक्रिया