सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफालेर बिरामीको मृत्यु

समाज

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जनाले छतबाट हाम फालेका छन् । प्रादेशिक अस्पतालमा डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमवार मेडिकल वार्डमा भर्ना भएका सिंहले मंगलबार दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको जानकारी दिए ।
गम्भीर चोट लागेका सिंहको उपचारका क्रममा मृत्यु भएको छ । मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए ।
सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन्। एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको देखिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट